कुशल प्लेयर अफ द मन्थमा मनोनयन



नेपाल समाचारपत्र, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशलभुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेअर अफदिमन्थ’ अवार्डको लागिमनोनयनमा परेका छन् ।

आईसीसीले सार्वजनिक गरेको अप्रिलमहिनाको ‘प्लेअर अफ द मन्थ’को मनोनयन सूचीमाकुशलपनि परेकाहुन् । कुशलसँगै पाकिस्तानकादुई खेलाडी बाबर आजम र फखर जमान सो सूचीमा छन् । कुशललाई मतदिन सकिनेछ । मत दिनको लागिआईसीसीको वेबसाइट खोलेर आफ्नो नाम र इमेल दर्ता गर्नुपर्नेछ ।कुशलले यहीवैशाख ४ देखि ११ गतेसम्म त्रिवि मैदानमाभएको थ्री नेसन्स टी–२० क्रिकेट सिरिजमाशानदार प्रदर्शन गरेका थिए । उनको प्रदर्शनबाटै नेपालले उपाधिसमेत जित्न सफलभएको थियो । यहीआधारमा कुशलउक्तमनोनयन सूचीमा पर्न सफलभए । कुशलले ५ खेलमा ४ अर्धशतकबनाएर कुल २ सय ७८ रन बटुलेका थिए ।

कुशलले टी–२० अन्तर्राष्ट्रिय डेब्यु खेलमैै नेदरल्यान्ड्सविरुद्ध अर्धशतकप्रहार गरेका थिए। योसँगै सिरिजमाउनले लगातार तीनअर्धशतकबनाएर विश्वकीर्तिमानसमेत राखेका थिए । उनीउक्तसिरिजमा‘प्लेअर अफदिसिरिज’भएकाथिए।यस्तै कुशलले अर्का ओपनर आसिफ शेखसँगलगातार २ खेलमाशतकीय साझेदारी गर्दै अर्को विश्वकीर्तिमानपनिबनाएकाथिए । सिरिजमा गरेको प्रदर्शनकाआधारमा कुशलपहिलोपटक आइसीसीको टी–२० वरीयतामा पर्दै ९३ औं स्थानमा समावेश भएकाथिए । त्यसपछि अपडेट भएको वरीयतामाउनी ६१औं स्थानमाउक्लेका छन् ।कुशलकाप्रतिद्वन्द्वीबाबरले हालै सकिएको दक्षिण अफ्रीका विरुद्ध वानडेसिरिजमाउत्कृष्ट प्रदर्शन गरेका थिए । सोहीप्रदर्शनको आधारमा उनीविराट कोहलीलाई पछि पार्दै आईसीसीको ओडीआई वरीयतामाशीर्ष स्थानमाउक्लिएका छन् ।

यस्तै फखरले पपनिदक्षिण अफ्रीका विरुद्धको सोही वानडे सिरिजमाकुल ३ सय २ रन बटुलेका थिए । उनले सिरिजमादुई शतकसमेत प्रहार गरेका थिए । सो सिरिजमाउनको उच्चतम् रन १ सय ९३ थियो । योउनले दोस्रो खेलमाप्रहार गरेका थिए, तर पाकिस्तानले जितभने हातपार्न सकेन ।

प्रतिक्रिया दिनुहोस्