चेन्नाइले सनराइजर्सलाई हरायो



नयाँ दिल्ली, (एजेन्सी)

आईपीएल २०२१ अन्तर्गत २३ औं खेलमा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ ।यो चेन्नाइको ६ खेलमा लगातार पाँचौं जित हो । यो जितले चेन्नाइ अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लियो । जबकी सनराइजर्सको यो पाँचौं हार हो भने टिम अंकतालिकाको अन्तिम स्थानमा रहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एकसय ७१ रन बनायो । टिमका लागि मनीष पाण्डेले सर्वाधिक ६१ रनको योगदान दिएका थिए । टिमका कप्तान डेभिड वार्नरले ५५ बलमा ५७ रन जोडेका थिए ।यसको जवाफमा चेन्नाइले १८.३ ओभरमा तीन विकेट गुमाएर एकसय ७३ रन बनाएर खेल जितेको थियो । टिमका लागि ऋतुराज गायकवाडले सर्वाधिक ७५ रनको योगदान दिएका थिए । यस्तै फाफ डुप्लेसिसले ३८ बलमा ५६ रन बनाएका थिए । ऋतुराज र डुप्लेसिसले ओपनिङ साझेदारीमा एकसय २९ रनको साझेदारी गरेर जितको आधार तयार गरेका थिए ।

यसपछि, रासिद खानले यो साझेदारी तोेडेर तीन विकेट हात पार्दै चेन्नाइलाई दबाबमा राख्न खोजे । एकसय ५० रनमा तीन विकेट गुमेको अवस्थामा सनराइजर्सले खेलमा फर्कने संकेत गरेको थियो । तर, रविन्द्र जडेजा र सुरेश रैनाले चौथो विकेटका लागि २२ बलमा २५ रन जोडेर चेन्नाइलाई जित दिलाए । रैना १७ रन र जडेजा सात रनमा नटआउट रहेका थिए ।यसअघि, हैदराबादका लागि मनीष र कप्तान वार्नरले एकसय ६ रनको साझेदारी गरेका थिए ।यसै क्रममा मनीषले आईपीएलमा आफ्नो २० औं अर्धशतक बनाएका थिए । उनी हैदराबादका लागि धेरै संंख्यामा अर्धशतक बनाउनेमा कप्तान वार्नरपछि दोस्रो खेलाडी हुन् । यस्तै वार्नरले आईपीएलमा ५० औं अर्धशतक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्