सार्वजनिक संस्थान ब्याडमिन्टन आजदेखि


काठमाडौं, नेस ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल पेस्डानको आयोजनामा १२ औं सार्वजनिक संस्था राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा यसपटक ब्याडमिन्टनतर्फ १२ टिमका १ सय १० खेलाडीको सहभागिता रहने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् । नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक, कृषि विकास बैंक, नागरिक उड्डयन प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल वायुसेवा निगम, औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड, एभरेस्ट विकास बैंक, नागरिक लगानी कोष र बिमा संस्थानले भाग लिँदै छन् ।

पुरुष-महिला सिंगल्स, भेट्रान डबल्स र पेस्डान डबल्स गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशि १ लाख २२ हजार रुपियाँ रहेको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख २२ हजार खर्च हुने पेस्डानले जनाएको छ । विगतामा प्रतियोगिताअन्तर्गत विभिन्न खेल पनि हुने गरेकोमा यस संस्करणमा कोरोना भाइरस ९कोभिड– १९० को जोखिमलाई मध्यनजर गरी ब्याडमिन्टनको प्रतिस्पर्धा मात्र गर्न लागिएको बताइएको छ ।दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।