शाहकाे ‘ज्यानलाई भो खतरा’ सार्वजनिक (भिडिओसहित)



चर्चित कलाकार, चलचित्र निर्माता तथा गायक बिक्रमजंग शाहकाे नयाँ गीत ‘ज्यानलाई भो खतरा’ एक कार्यक्रमकाबिच सार्वजनिक भएकाे छ । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय शाहकाे प्रेमिल जाेडीकाे भावना समेटिएकाे रोमान्टिक याे गीतमा शाहलाई गायिका अन्जु पन्तले स्वरमा साथ दिएका छन् ।

गीतमा लेखु सहयात्रीको शब्द, सुवाष भुषालको संगीत र पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको छ । मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रविन्द्र रिमालकाे आकर्षक अभिनय रहेको छ ।

मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन रहेको गीतको भिडियाेमा गोबिन्द राईकाे नृत्य रहेको छ । शुक्रबार सार्वजनिक भएको गीतबाट निक्कै उत्साहित शाह ‘निकै नै मिहेनत गरेर दर्शकको लागि एउटा राम्रो कोशेली पस्किने कोशिस गरेका छौँ ।’ भन्छन्-‘आम दर्शकले मन पराइदिनु हुनेछ भन्ने ढुक्क छु ।’ कर्णप्रिय गीतकाे भिडियोमा रामेश्वर हुमागाईंले छायांकन गरेका छन् भने भरत रेग्मीको सम्पादन तथा रंग संयोजन रहेको छ । भिडियोमा सिता तामाङ केसीले श्रृङ्गार, राजेन्द्र कमल राईले ड्रेस डिजाइन र सुन्दर श्रेष्ठ (आइडियल)ले पोस्टर डिजाइन रहेको छ ।

गायक शाहकाे जन्मदिनको दिन सार्वजनिक गीतको भिडियोलाई सबस्त ईन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७८ काे शुभकामना सहित सार्वजनिक गीति भिडियो आफ्नाे नविनतम र फरक स्वादकाे रहेको शाह बताउँछन् । टिकटक प्रयोगकर्ताको लागि अवसर ‘ज्यान भो खतरा’ बोलको गीतले टिकटक प्रयोगकर्ताको लागि सुवर्ण अवसर ल्याएको छ ।

गायक बिक्रम जंग शाहका अनुसार यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एक जनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिइनेछ । यो सुवर्ण अवसर प्राप्त गर्नलाई यो गीतमा टिकटक बनाएर ह्याजट्याग ‘ज्यानलाई खतरा’ लेखेर पोस्ट गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्