दुष्प्रयासको फस्ट लुक



महिला हिंसा, हत्या, अपहरण लगायतका समाजमा भइरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म दुष्प्रयासहालै राजधनीमा आयोजित एक कार्यक्रमबीच फस्टलुक सार्वजनिक गरिएको छ। रीता देवीमुभिजद्वारा निर्माण गरिएको फिल्मको नेकपामाओवादी स्थायी कमिटी सदस्यएवं पूर्वमन्त्री देव गुरुङले फस्ट लुक अनावरण गरे कार्यक्रममाफिल्मकाकथाकार तथानिर्देशकदिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामापनिआफूले जोखिममोलेरै फिल्म रिलिजगर्ने बताए।

फिल्ममानिशापोमु लिम्बु, सोम लामा, प्रिजनश्रेष्ठ, सुस्मिताकार्की, अजय खड्का, कल्याण राई, निरु महत, देविका खड्का, प्रदीप योङहाङ, दिलीप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामातथाबालकलाकार सुदितालिङदेनको अभिनय छ। दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्म माजानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृतालिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ।

सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ। कार्यक्रममा त्रिभुवन लुम्फुङवा, डा. सुनीता भट्टराई, मेकबहादुर मगर, प्रेम आले मगर, बालकलाकार दिविशा सापकोटा, भीम थेबे लिम्बुलगायतलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्