ग्रेट हिमालय नेक्सस कपमा विजेता



नेपाल समाचारपत्र, काठमाण्डौ ।
नेक्सस क्रिकेट एकेडेमी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति को संयुक्त आयोजनामा भएको नेक्सस कप सिजन ४को उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमी ए लेजितेको छ ।

मंगलबार मूलपानी मैदानमा भएको फाइनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ९ विकेटले हराएर ग्रेट हिमालयले उपाधि जितेको हो । योसँगै ग्रेट हिमालयले १ लाख ११ हजार र केसीटीसीले ७५ हजार नगद पुरस्कार प्राप्त गरे । केसीटीसीले १८ ओभरमा सबै विकेट गुमाएर ६५ रन जोडेको थियो । टिमका लागि गोविन्द विकले सर्वाधिक २३ रनको योगदान दिएका थिए । बलिङतर्फग्रेट हिमालयका पुरन थापाले ३ ओभर बलिङ गर्दै११ रन खर्चेर ३ बिकेट लिएका थिए । सुरज रावल र रुपेश यादभले समान २-२ विकेट लिए भनेअभिनय राजवंशी, अभय मगर र निर्मल पुन मगरले समान १-१ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेकोग्रेट हिमालयले १५.३ ओभरमा १ बिकेट गुमाउदै ६६ रन बनाएर उपाधि हात पारेको थियो । टिमका लागि निश्चय थापाले २४ रन र निश्चल अमात्य ले १९ बनाएका थिए ।बलिङ तर्फ केसीटीसीका सुगमश्रेष्ठले१विकेट लिएका थिए । खेल का म्यान अफ द म्याच ग्रेट हिमालयका पुरन थापाभएका थिए । देश भरका १६ टिमको सहभागीतामा सम्पन्न उक्त प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान केसिटिसीका दिपक डुम्रे घोषित भए भने बेष्ट बलर हिमालय क्रिकेट एकेडेमीका सन्तोष केसी घोषित भए ।

प्रतिक्रिया दिनुहोस्