सेमिफाइनलको पहिलो खेल सम्पन्न



न्युज अफ नेपाल,ललितपुर।

६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको मंगलबार सेमिफाइनलको पहिलो खेल सम्पन्न भयो । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको खेल बराबरी भयो ।

कृष्णको क्वीन पन्को जवाफमा सुदिपले घोडा चालेर खेललाई इण्डियन डिफेन्स ओपनिङ्गमा लगेर ३५औं चालमा फोटोजेनिक पोसिजनको दाबी अनुसार खेल बराबरीमा टुंगियो । ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको प्रतियोगितामा दोलखा चेसका मिलन लामाले गजुरमुखी चेस क्लब राजन सुबेदीलाई हराए ।

रोयलोपेज ओपनिङ्गमा मिलनले फ्रिपनको फाइदा उठाउँदै ५२औं चालमा राजनलाई खेल परित्याग गर्न बाध्य पारे । ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार, तृतीयले ३० हजार र चौथौंले २५ हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार रु.५,६१,४०० रहेको छ । भोलि बिहान ८ः०० बजे सेमिफाइनलको दोश्रो खेल र लिगतर्फ आठौं चरणको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्