बागमती प्रदेशसभाको बैठक आज बस्दै



न्युज अफ नेपाल काठमाडौं ।

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीको अन्तिम टुंगो कार्यव्यवस्था परामर्श समितिले लगाउने छ । यद्यपि बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि बैठक सहजरुपमा बस्न सकेको थिएन । बैठकको मिति तोकिए पनि पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो ।

तर सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेपछि दुबै दल अलग–अलग रुपमा क्रियाशील भएका थिए । त्यसपछि एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्