ओलीले कारबाही गर्नुको कुनै अर्थ छैन : नेता नेपाल


काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको कुनै अर्थ नभएको बताएका छन्। एमाले अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। ओलीले नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि साधारण सदस्यबाट पनि निलम्बन गर्ने निर्णय गरेका छन्।

ओलीले कारबाही गर्न नमिल्ने नेपालको भनाइ छ। कारबाही गर्ने निर्णय विधान विपरित छ। ‘ओलीको यस्तो कारबाहीको कुनै अर्थ छैन,’ नेपालले भने। ओलीले कम्युनिष्ट पार्टी सिध्याउन खोजेको नेपालले बताए। त्यसैले जसलाई जस्तो काबारही गरेपनि त्यसले अर्थ नराख्ने बताए।

नेपालले ओलीको निर्णयलाई निरंकुश र तानाशाही प्रवृतिको संज्ञा दिएका छन्। ओलीका कम्युनिष्ट विरोध निर्णयविरुद्ध देशभरका कार्यकर्तालाई प्रतिरोध गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।