पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४५ मा पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाबाट निको हुनेको दर ९८।४ प्रतिशत छ ।

पछिल्लो तथ्याङ्कसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ जना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ४३५ पुगेको मन्त्रालयको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।