संघर्षरत जितसँगै रेगन फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठ प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा रेगनले ‘बेस्ट अफ १३’ को पहिलो सेमिफाइनलमा फस्ट ब्रेकका अमन कार्कीलाई ७–६ को फ्रेममा पराजित गरे । रेगनले खेल ५०–१०६, १२२–०८, १२३–०, ३६–७६, ९२–१६, ४३–६०, १०–९५, १००–४२, ६१–४२, ९२–३०, ४७–७६, २६–८८ र ८३–२७ ले जिते ।

प्रतिक्रिया दिनुहोस्