सुवास नेम्वाङसहित ओली निकट ७ नेता प्रचण्ड-माधव समूहद्वारा ६ महिना निलम्बित

0
Shares

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले नेकपा ओली समूहका ७ जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताको जिम्मेवारीबाट हटाएको छ ।

यस्तै ओलीले केही दिनअघि नियुक्त गरेको प्रमुख सचेतक विशाल भट्टराईलाई पनि निलम्बन गरेको जनाएको छ । भने युवा संघका अध्यक्ष महेश बस्नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र नेता कर्णबहादुर थापालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यस्तै ओली समूहका सांसद शान्ता चौधरी र मन्त्री प्रभु साहलाई पनि कारवाही गर्ने निर्णय गरेको जनाएको छ । उनीहरुले पार्टीको हित विपरित कार्य गरेको भन्दै कारवाही गरेको माधव प्रचण्ड समूहले बताएको छ ।