सांसद वलीको आक्रोश : दरिद्रसोच भएका पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुल्यो



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेकी छन् । साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले वलीलाई सांसद बनाएको टिप्पणी गरेका पन्तप्रति आक्रोश व्यक्त गर्दै वलीले पन्त कतिसम्म निच रहेको भन्ने कुरा बल्ल खुलेको जनाएकी छन् ।

वलीले महिला कुनै पदमा पुग्न पन्त जस्तो दरिद्रसोचको व्यक्तिको सिकार हुनुपर्ने बताउँदै लेखेकी छन, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पंतजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको होरुकेयो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्