ओली र विप्लवको आज जन्मोत्सव



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको जन्मदिन एकैदिन परेको छ । आज जन्मदिन परेका प्रधानमन्त्री ओली ७० वर्षमा प्रवेश गरेका छन् भने विप्लव ५३ वर्षमा प्रवेश गरेका छन् ।

तेह्रथुमको ईवा गाविसमा २००८ साल फागुन ११ गते जन्मिएका ओली स्वर्गिय आमा मधु ओली र बुबा मोहनप्रसाद ओलीका सन्तान हुन् । त्यस्तै, रोल्पाको केवरीमा २०२४ साल फागुन ११ गते जन्मिएका विप्लव बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान हुन् । दुवै जनालाई जन्मदिनको अवसरमा समर्थक र सुभेच्क्षुकले बधाइ एवं शुभकामना दिइरहेका छन् ।

विद्रोही शैलीमा देखिएका विप्लव समूहलाई ओली सरकारले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएसँगै सो समूह भूमिगत भएको थियो भने कतिपय नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधि सभा विघटन भएसँगै नेकपा दुई समूहमा टुक्रिएपछि केही दिन यता भने सरकार र विप्लव समूहबीच वार्ताको तयारीबारे चर्चा चलिरहेको छ । यसैबीच विप्लव समूहले समेत विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि तयार रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्