गोहीको शल्यक्रिया गरी निकालियो जुत्ता



वसिङ्टन, (एजेन्सी) ।

अमेरिकाको फ्लोरिडा चिडियाखानामा एउटा जुत्ता निल्न पुगेको गोहीको शल्यक्रिया गरेर पेटबाट जुत्ता निकालिएको छ । सेन्ट अगस्टाइन एलिगेटर फार्म जुलोजिकल पार्कमा एकजना कर्मचारीको खसेको जुत्ता गोहीले निलेको थियो ।

गत ५ फे्रब्रुअरीमा ११ फिटको त्यो गोहीलाई आपतकालीन उपचारका लागि युनिभर्सिटी अफ फ्लोरिडा कलेज अफ भेटनरी मेडिसिनमा पु¥याइएको थियो । पशु चिकित्सकहरूले मुखबाट निस्किसकेको जुत्ता गोही दोस्रोपटक फेरि निलेको र त्यसलाई वान्ता गराउन खोजिएको प्रयास खेर गएको बताएका छन् ।अन्ततः ३ सय ४१ पाउन्ड वजनको आनुकेट नामक गोहीको जुत्ता निकाल्न पेटै चिर्नुपरेको हो । अहिले चिडियाखानाको खोरमा फर्काइएका आनुकेटको स्वास्थ लाभ भइरहेको त्यहाँका कर्मचारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्