प्रधानमन्त्री ओलीद्वारा आयोगलाई निर्वाचनको तयारी अघि बढाउन निर्देशन


न्युज अफ नेपाल, काठमाडौँ ।

छलफलका लागि निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारी अघि बढाउन निर्देशन दिएका छन् । वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनमा सरकारको तर्फबाट पूर्णरुपमा सहयोग हुने ओलीले बताएका छन् ।

निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरेका छन् । छलफल पश्चात उनले निर्वाचनको तयारी तीव्र पार्न आयोगलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेका छन् । यस्तै, हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।