राष्ट्रिय महिला फुटबल : रश्मीको ह्याट्रिकमा आर्मी विजयी



काठमाडौँ । रश्मी घिसिङको ह्याट्रिक मद्दतमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको पहिलो खेलमा विजयी भएको छ । आर्मी क्लबले आज भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० गोल अन्तरले पराजित गरेको हो ।

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उक्त खेलमा घिसिङले चार गोल गरे । आर्मीका लागि शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अञ्जली वाइवाले एक एक गोल गरे । चौदण्डीगढीले आर्मीका लागि एउटा आत्मघाती गोल गरेको थियो ।

मध्यान्तरअघिको खेलमा आर्मीले तीन तथा मध्यान्तरपछिको खेलमा ६ गोल गरेको हो । आर्मीका लागि घिसिङले खेलको १९औँ, ५२औँ, ६०औँ र ६३औँ मिनेटमा गोल गरे । यस्तै थापाले खेलको २३औँ तथा ४०औँ मिनेटमा गोल गरेका थिए भने राईले खेलको ७८औँ र वाइवाले ८८औँ मिनेटमा गोल गरेका हुन् । अन्तिम समयमा चौदण्डीगढीका एमित लेप्चाले आत्मघाती गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्