लिभरपुलको खराब प्रदर्शन जारी



LIVERPOOL, ENGLAND – Wednesday, February 3, 2021: Liverpool’s Roberto Firmino shoots during the FA Premier League match between Liverpool FC and Brighton & Hove Albion FC at Anfield. (Pic by David Rawcliffe/Propaganda)

एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले खराब प्रदर्शनलाई जारी राखेको छ ।डिफेन्डिंग च्याम्पियन लिभरपुलले सिजनको चौथो हार भोगेको छ । बुधबार राति भएको लिगको २२औं साताको खेलमा लिभरपुललाई उसैको घरेलु मैदानमा पाहुना टोली ब्राइटनले १–० ले स्तब्ध बनायो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५६औं मिनेटमा ब्राइटनका स्टेभेन ल्जाटेले गोल गरेर लिभरपुललाई झट्का दियो । उक्त गोल बेहोरेपछि लिभरपुल खेलमा फर्किन सकेन र ब्राइटन विजयी बन्यो।

यो हारपछि लिभरपुललाई उपाधि होडमा ठूलो झट्का लागेको छ । अहिले लिभरपुलको २२ खेलपछि ४० अंक छ । यता विजयी ब्राइटनको २२ खेलपछि २४ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्