कविता : फरक यति मात्र हो !



– अभिराज खाती अन्जान

 

फरक यति हो………………….
म जाहाज चडेर प्रदेश गएको मान्छे
फर्किदा पनि जाहाज नै चडेर फर्किएको छु
फरक यति मात्रै हो
जादा सिटमा बसेर
रमाइला दृश्यहरु हेर्दै
मिठा मिठा खानेकुरा खादै
रमाइला गफ गर्दै। उज्ज्वल भबिश्यको मिठो
सपना देख्दै गएको थिए ।

फर्किदा आँखा बन्द गरेर
चुपचाप कहिले नउठने गहिरो
निद्रामा बिना सपना
मस्त निदाएर फर्किएको छु।
म जादा पनि एयरर्पोर्टमा
आफन्त आएका थिए।
म फर्किदा पनि आफ्न्त
एयरर्पोर्ट आएका छन।
फरक यति मात्रै हो

जादा छोड्न आएका थिए
छिट्टै भेट्ने र रमाइलो गर्ने आशा साथ।
अन्तिम बिदाईका
हात हल्लाएका थिए।
फर्किन त छिट्टै फर्किए।
तर ती आफ्न्तलाई कहिले
नदेख्ने र कहिले नबोल्ने गरेर
वृद्ध बा ले कान्छा म मरे भने
दाग बत्ती दिन झिट्टै आइनु भनेका थिए
बा म फर्कन त छिट्टै फर्किएको छु
तर फरक यत्ती हो

म दाग बत्ती दिन होइन
लिन आएको छु।
म जादा पनि प्यारी रोएकी थिइन ।
म फर्कदा पनि प्यारी रोइरहेकी छिन।
फरक यति मात्रै हो ।
जादा उनको आँसु पुछ्न सक्थे
फर्किदा सक्दिन ।

पहिले उनिसङ्ग बोल्न सक्थे अहिले सक्दिन ।
जाने बेला छिट्टै आनुस भनेकी थिइन
आउन पनि छिट्टै आए तर फरक यत्ती मात्रै हो

जादा मान्छे भएर गएको थिए।
आउदा मुर्दा बनेर।

प्रतिक्रिया दिनुहोस्