काठमाडौं फाइनलको नजिक



नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं जिल्लामा जारी ‘प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटअन्तर्गत बागमती प्रदेश छनोट प्रतियोगितातर्फ फाइनलको निकट पुगेको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले नुवाकोट जिल्लामाथि २ विकेटको रोमाञ्चक जित हासिल ग¥यो ।

जितले काठमाडौंलाई फाइनल निकटसमेत पु¥यायो । आज हुने समँह ‘ए’ को खेलमा मकवानपुर र काठमाडौंबीच फाइनल पुग्न प्रतिस्पर्धा हुनेछ । दुवै टिमले ४÷४ अंक जोडेका छन् भने दुई खेल हारपछि नुवाकोट र भक्तपुर यस होडबाट बाहिरिसकेका छन् ।

नुवाकोटले पहिले ब्याटिङ गरेर निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८ रन बनायो । टिमका लागि ओपनर तथा कप्तान राजेश रिमालले सर्वाधिक ८१ रन योगदान दिए । उनले ७३ बलको सामना गरेर १० चौका र २ छक्का प्रहार गरेका थिए ।

अन्यमा आयुष बस्नेतले २७ रन, पवन राईले २३ र अनुप श्रेष्ठले २० रन जोडे । काठमाडौंका बलरमा इशान पाण्डेले सर्वाधिक ३ विकेट लिँदा सञ्जम रेग्मीले २ विकेट लिए ।

जवाफमा काठमाडौंले अन्तिम बलमा नुवाकोटले दिएको २ सय ९ रनको लक्ष्य प्राप्त ग¥यो । २ सय ६ रनको योगफलमा ८ विकेट गुमाइसकेको काठमाडांैका लागि चन्द्रकुमार बुढा र सञ्जम रेग्मीले नटआउट रहँदै जित सम्भव पारेका थिए ।

यसअघि, विभत्सु थापाले सर्वाधिक ५१ रनको योगदान दिएका थिए । त्यस्तै, विपिनविक्रम शाहीले ४२ रन र जितेन्द्रसिंह ठकुरीले ३१ रन बनाए । नुवाकोटका अभिराज यादवले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्