पीएम कप छनोटमा अछामलाई उपाधि



विनोद सिंह विष्ट, बैतडी ।

प्रधानमन्त्री(पीएम)कपएकदिवसीयक्रिकेटको सुदूरपश्चिम छनोटको उपाधि अछामले हातपारेको छ ।

फाइनल खेलमा बैतडीलाई १५ रनले पाखालगाउँदै अछामले उपाधिहातपारेको हो ।अछामले दिएको १ सय ६५ रनको लक्ष्यपछ्याउने क्रममा बैतडी १ सय ४९ रनमा समेटियो । बैतडीकालागिप्रदीपचन्दले ३० तथावीरेन्द्र नाथले २७ रनको योगदान गरेपनि टोलीलाई भने जिताउन सकेनन् ।अछामकालागि सुरज तिरुवाले ३ विकेट प्राप्त गरेका थिए ।

यसअघि, कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछाम३८ ओभरमा १ सय ६४ रनमा अलआउट भयो । टिमका लागि सुरज तिरुवाले सर्वाधिक ६१ रन जोडे । बैतडीकालागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान ३÷३ विकेट लिए । अछामका अलराउन्डर प्रदर्शन गरेको सुरज तिरुवॉम्यानअफ द फाइनल’ घोषित भएका थिए ।

अछामले यसअघिको पीएम कप छनोटको फाइनलमा बैतडीसँग व्यहोरेको हारको बदलापनिलिएको छ । बैतडी यसअघिको पीएमकप छनोटको फाइनलमा अछामलाई नै पराजित गरेर उपाधिहातपारेको थियो ।गतमंसिर २७ देखि शुरू भएको छनोट प्रतियोगितामाबाजुरा बाहेकका सुदूरपश्चिमका आठवटा टोलीको सहभागिता रहेको थियो ।

यो छनोटप्रतियोगिताबाट यही पुस ११ बाट हुने प्रधानमन्त्रीकपएकदिवसीयक्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी डडेल्धुराका सन्तोष भट्ट चुनिए । बैतडीका खडक बोहरा उत्कृष्ट बलर भए भने कञ्चनपुरका किरण ठगुन्ना उत्कृष्ट ब्याट्सम्यान बनेका छन् ।

प्रधानमन्त्री कप सर्‍यो

पुस ११ गतेदेखि गर्ने भनेको पुरुषतर्फको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता १० देखि १५ दिनसम्म सर्न सक्ने भएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताएअनुसारमहिला र पुरुष प्रतियोगिता सँगै गर्दा केही जटिलता उत्पन्न हुनसक्ने भएकोले पुरुष प्रतियोगिता केही दिन पछि सार्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्