हेल्प फर नेपालको ४ लाख ६६ हजार सहयोग

282
Shares

काठमाडौँ ।

बेलायतको अक्सफोर्डमा दर्ता भएको परोपकारी संस्था हेल्प फर नेपालले घडेरी, पर्सा, दांग मा रहेको परोपकारी संस्था बाल शान्तिगृह (चिल्ड्रेन पीस होम) को लागि ४ लाख ६६ हजार १ सय ९६ रुपैयाँ नगदको सहयोग प्रदान गरेको छ।
उक्त बालगृहले दाङको तराई उपत्यकामा रहेका अनाथ, गरिब तथा पिछडिएका जाति समुदायका साथै विभिन्न प्रकारका घरेलु हिम्सा पिडित स–साना बालबालिकाहरु लाई निस्शुल्क आवास, हेरचाह, शिक्षा, समर्थन र व्यावसायिक प्रशिक्षण प्रदान गर्दै आएको छ।

पूर्व ब्रिटिश सैनिक मेजर सूर्य उपाध्यायले यो बाल शान्तिगृह (चिल्ड्रेन पीस होम) को बारेमा हेल्प फर नेपालको टिमलाई जानकारी गराउनु भएको थियो भने बेलायतको क्याटरिक ग्यारिजनमा रहनु भएका आत्माराम दाहाहले ७० दिनमा १००० किलोमिटर भन्दा बढी च्यारिटी दौड गरि हेल्प फर नेपालको माध्यमबाट सहयोग संकलन गर्नु भएको थियो। वहाँहरू दुबैजनाले यस परोपकारी कार्यमा सुरु देखि अन्त्य सम्म सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा आभार प्रकट गर्नु भएको छ।

हेल्प फर नेपाल युकेका सम्पूर्ण सदस्यको तर्फबाट अध्यक्ष एवं पूर्व ब्रिटिश सैनिक कप्तान तुलसी पौडेलले यो सहयोगले उक्त बाल शान्तिगृहमा रहेका बालबालिकाहरुको आवास, हेरचाह, शिक्षा तथा व्यावसायिक प्रशिक्षणमा केही हद सम्म भएपनि सहयोग हुने छ भन्ने आशा व्यक्त गर्नु भएको छ। साथै वहाँले नेपालको शिक्षा, स्वास्थ्य एवं गरिबीको क्षेत्रमा यस संस्थाले भविष्यमा पनि सक्दो सहयोग पुर्‍याउने जानकारी दिनु भएको छ।

हेल्प फर नेपालले यस अघि देवघाटमा एक दिने स्वास्थ्य शिबिर संचालन गर्नुको साथै गुल्मी जिल्लाको पहिरो पीडितहरूलाई आर्थिक सहयोग अनि धुर्मुश सुन्तली फाउन्डेसन मार्फत तराईका बाढी पीडितलाई पनि आर्थिक सहयोग गरिसकेको छ।

Skip This