वासुदेव शर्मा, जाजरकोट
कोभिड–१९ को प्रतिकार्यका लागि मेडिप्वाइन्ट काठमाडांैमार्फत २५ लाखमा खरिद गरेको भ्यान्टिलेटर बेड जिल्ला अस्पताल जाजरकोटले प्रयोगमा ल्याउन नसक्दा स्टोरमै थन्किएका छन् । भ्यान्टिलेटर बेडमा राखेर उपचार गर्ने दक्ष जनशक्ति नभएकाले बेड सञ्चालनमा आउन नसकेको हो ।
५० शैय्याको एकमात्र जाजरकोट अस्पतालमा भौतिक पूर्वाधार निर्माण कार्य भइरहेकाले भ्यान्टिलेटर सञ्चालनका लागि जिल्ला अस्पतालमा दक्ष प्राविधिक जनशक्ति नभएकाले भ्यान्टिलेटर बेड सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक डाक्टर सुनील पुनले बताउनुभयो ।
जाजरकोटका सातवटै पालिकामा कति जना नागरिकको परीक्षण भयो, कति संक्रमित छन्, कति होम आइसुलेसनमा छन् भन्ने कुरामा पनि जिल्ला अस्पताल जाजरकोट तथ्याङ्कविहीन रहेको छ ।
जाजरकोट जिल्लाका सातवटै पालिकामा कोरोना परीक्षण गरिएका व्यक्तिको संख्या ६ हजार ५ सय ९ रहेकोमा ७४ जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । कोरोना पुष्टि भएका ७४ जना मध्य समुदायस्तरका ५६ जना, भारतबाट आएका १५ जना र तेस्रो मुलुकबाट आएका ३ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमित ७४ जनालाई आसोलेसन बेडमा राखेर उपचार गरेकोमा ७२ जना निको भएर घर पठाएको छ भने बाँकी दुई जना पुरुषलाई अझै आइसोलेसन बेडमा राखेर उपचार भइरहेको छ ।
६ हजार ३६ जनालई क्यारेन्टाइनमा राखेर घर पठाएको थियो । क्वारेन्टाइनमा बसेका ४ हजार ७१ पुरुष र ५ सय ६६ जना महिला रहेका थिए ।
जाजरकोटका ११ स्थानमा रहेका क्वारेन्टानइनमा ४ सय ९ वटा बेड रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । गत चैतदेखि हालसम्म परीक्षण गरी कोरोना पोजेटिभ भएका ३९ जना बिरामीलाई आइसोलेसन बेडमा राखेर उपचार गरेकोमा ३८ जना घर फर्केको र १ जनाको हालसम्म पनि बेडमा राखेर उपचार भइरहेको, कोरोना पोजेटिभ देखिएका ८ जनालाई उपचार गर्दा १ लाख ५० हजार अस्पतालले खर्च गरेको निमित्त व्यवस्थापक डाक्टर सुनील पुनको भनाइ छ ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरससँग लड्नका लागि स्वास्थ्य सेवा सुधार गर्न जोड दिँदै आएको सरकारले सबै जिल्ला अस्पतालमा ५० आइसोलेसन बेड, १० आईसीयू ५ भ्यान्टिलेटरका सघन उपचार कक्ष बनाउने विशेषज्ञ उपचार सेवा शुरु, अक्सिजन प्लान्ट प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवा सञ्चालन गरेको प्रदेश सरकारले सार्वजनिक गरे पनि भ्यान्टिलेटर वेड सञ्चालनमा आउन सकेका छैन ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई कोरोना प्रतिकार्यका लागि पूर्वाधार खरिदका लागि गत आर्थिक वर्षमा १ करोड ९६ लाख बजेट दिने घोषण गरेको सरकारले १ करोड बजेट दिएको डाक्टर पुनले बताउनुभयो । प्रदेश मन्त्रालयबाट प्राप्त भएको १ करोड बजेटबाट स्टायावलाइजन, भ्यान्टिलेसन बेड, सिरिज पम्प, बाइप्याप मेसिन, ईसीजी भिडियो एक्सरे, डिफिव्री लेटर, आइसोलेसन बेड, कारडिआस, मनिटर, लिड एप एप्रन, लिड गोनाड, थाइराइड, रिडिन वारमारलगायतका सामग्री खरिद गरेको डाक्टर पुनको कथन छ ।











प्रतिक्रिया