काठमाडौं, (नेस)
कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक एक सुरक्षाकर्मीको निधन भएको छ । काठमाडौंमा कार्यरत रामेछापका एक नेपाली सेनाका जवानको मृत्यु भएको हो ।
क्यान्सर रोगबाट पीडित ती सैनिक जवानको कोरोना संक्रमणबाट मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
भदौ ३१ गते निधन भएका ती सैनिक जवानको पीसीआर रिपोर्ट असोज १ गते आउँदा कोरोना संक्रमित भएको थियो ।