काठमाडौँमा कोरोना संक्रमितको संख्या ९ हजार ४४० पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ३९४, ललितपुरमा ३६ र भक्तपुरमा ३४ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ९ हजार ४४० पुगेको छ ।

काठमाडौंमा ७ हजार ६ सय ११, ललितपुरमा १ हजार ११ र भक्तपुरमा ८१८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।