सञ्जय कार्की, रौतहट ।
समुदायमा फैलदै गएको कोरोना भाईरसको संक्रमण प्रहरीमा पनि देखिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायब उपरिक्षक सहित २० जना प्रहरीमा एकैदिन कोरोना भाईरसको संक्रमण देखिएको छ ।
गत १० गते ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा यातना पछि निधन भएका बिजय रामको पक्षमा भैरहेको दैनिक आन्दोलनमा खटिदै आएका प्रहरीमा कोरोना भाईरसको संक्रमण देखिएको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट प्रहरी निरिक्षकको नेतृत्वमा भिड नियन्त्रण गर्न दैनिक प्रहरी टोलि खटिदा आन्दोलनकारी संग आमने सामने भएका प्रहरीमा समेत कोरोना भाईरसको संक्रमण देखिएको हो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका दुई प्रहरी अधिृकत सहित मुध्दा फाट लगायत फिल्डमा खटिएका २० जना प्रहरीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । यस अघि ईलाका प्रहरी कार्यालय गरुडामा बिभिन्न अपराधका घटनामा रहेका थुनुवा लाई समेत कोरोना भाईरसको संक्रमण देखिएको थियो । प्रहरी सहित सर्बसाधारण गरी ४१ जनाको स्वाब संकलन गरिएकोमा बुधबार २० जना प्रहरी र ८ जना सर्बसाधारण गरी २८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको जनाइएको छ ।
रौतहटमा बुधबार एकैदिन ५८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । यमुनामाई गाउपालिकामा १२ जना, दुर्गाभगबती गाउपालिमा १८ जना र चन्द्रपुर नगरपालिकामा २८ जना गरी ५८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीमा देखिएका संक्रमितहरु प्रहरी लाई चन्द्रनिगाहपुरमा रहेको आईसोलेसन र होम आईसोलनमा राखिने जनाइएको छ । प्रहरी ब्यारेक र कार्यालयमा कार्यरत प्रहरीमा कोरोना भाईरसको संक्रमण देखिएपछि अन्य प्रहरीहरुको पनि कन्ट्याक ट्रेसिङ्गको आधारमा स्वाव परिक्षण गरिने जनाइएको छ ।
चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले प्रहरी सहित स्थानीयमा कोरोना भाईरसको संक्रमण देखिएको बताउनु भयो ।











प्रतिक्रिया