सिल्भा चेल्सीमा भित्रिँदै



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब चेल्सीले ब्राजिलियन डिफेन्डर थियागो सिल्भालाई क्लबमा भिœयाउने प्रक्रिया अघि बढाएको छ।
इंग्लिस सञ्चारमाध्यमले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन डिफेन्डर सिल्भासँग एक वर्ष अनुबन्धको सम्झौता नजिक पुगेको जनाएको हो। पीएसजीका कप्तानसमेत रहेका सिल्भाको क्लबसँगको सम्झौता च्याम्पियन्स लिग सकिएसँगै सकिएको थियो।
आइतबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो। च्याम्पियन्स लिग सकिएसँगै सिल्भा फ्रि ट्रान्सफरमा चेल्सी आउन लागेको जनाइएको छ। चेल्सीले उनलाई यस समरमा तेस्रो खेलाडीको रूपमा क्लबमा भिœयाउन लागेको हो।
३५ वर्षीय सिल्भा सन् २०१२ मा एसी मिलानबाट पीएसजी आएका थिए। पीएसजीमा आठ वर्ष रहँदा सिल्भाले ७ पटक लिग वानको उपाधि जितेका थिए। पीएसजीका लागि अन्तिम खेल खेलेपछि सिल्भाले आफू विश्वकपसम्म फुटबल खेल्ने र अन्य भूमिकामा क्लब फर्कनेसमेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्