बार्सिलोनाका पियानेकलाई कोरोना संक्रमण 



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना खेलाडी मिरालिम पियानेकलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ।
एक साताअघि बार्सिलोनाका खेलाडीमा पनि कोरोना देखिएको भन्ने समाचार बाहिरिए पनि कुन खेलाडीमा देखिएको भनेर खुलाइएको थिएन । तर, हाल बार्सिलोनाले पियानेकलाई पोजिटिभ भएको पुष्टि गरेको छ। गत शनिबार लिइएको पीसीआरमा पियानेकको परीक्षण पोजिटिभ आएको हो। जसका कारण उनी घरमै आइसोलेसनमा बसेका छन्।
यसका साथै उनलाई १५ दिनसम्म बार्सिलोना टिमसँग भ्रमण गर्न नपाउने बताइएको थियो। सिजन सकिए पनि पियानेक छुट्टी मनाउन इटाली गएका थिए। कोरोना देखिएपछि उनले बार्सिलोनाको प्रि सिजन पनि गुमाउने भएका छन्। पछिल्लो पटक बार्सिलोनामा कोरोना देखिने उनी तेस्रो खेलाडी हुन्। यसअघि सामुयर उम्टिटी र जियन क्लेयर टोडीबोमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्