मेसीको मूल्य ६ सय ३१ मिलियन



मेड्रिड, (एजेन्सी)
बार्सिलोनाले आफ्ना कप्तान तथा सुपरस्टार फुटबलर लियोनल मेसीको रिलिज क्लज ६ सय ३१ मिलियन पाउन्ड तोकेको छ।
कुनै क्लबले यदि मेसीलाई किन्न चाहेमा बार्सिलोनाले उनको बिक्री मूल्य ६ सय ३१ मिलियन पाउन्ड तोकेको हो। ६ पटकका ब्यालोन डे ओर अवार्ड विजेता मेसीले बार्सिलोनासँगको सम्झौता एक वर्ष बाँकी हुँदै तोड्न सक्ने बताइएको छ। स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार बार्सिलोनालाई यदि कुनै क्लबले ६ सय  ३१ मिलियन पाउन्ड तिरेमा मात्र मेसीलाई जान दिने बताएको छ।
मेसीले क्लब परिवर्तन गर्न सक्ने हल्ला चलिरहेका बेला बार्सिलोनाले उनको रिलिज क्लज सार्वजनिक गरेको हो। मेसीको क्याम्प नोउसँगको सम्झौता यसै समरमा अन्त्य हुने चर्चा भइरहेको छ। बार्सिलोनाले तोकेको मूल्य विश्व फुटबलमा कुनै पनि क्लबका लागि तिर्न सजिलो छैन। बार्सिलोनाले राखेको उक्त मूल्य २०१७ मा नेयमारले पाएको भन्दा तीन गुणा अधिक हो।
पछिल्लो पटक मेसीलाई भिœयाउनका लागि मुख्य गरी तीन क्लब, इन्टर मिलान, म्यानचेस्टर सिटी र पीएसजीले ईच्छा देखाइरहेका छन्। यस्तैमा म्यानचेस्टर युनाइेटड पनि यो होडमा थपिएको छ। केही दिनअघि मेसी र बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्डबीच भएको छलफलमा पनि मेसीले आफ्नो भविष्य बार्सिलोनाभन्दा बाहिर रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्