एन्जेलिनोमाथि बार्सिलोनाको चासो



 लन्डन (एजेन्सी) ।
स्पेनिस महारथी बार्सिलोनाले म्यानचेस्टर सिटीका डिफेन्डर एन्जेलिनोमाथि चासो देखाएको छ।
२३ वर्षीय स्पेनिस लेफ्ट ब्याक भर्खरै आरबी लिपजिगसँगको ६ महिने लोन सक्काएर सिटी फर्किएका छन्। एन्जेलिनो सम्मिलित लिपजिग यसपटक च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको टिम हो।उनी २०१४ मा सिटी पुगेका थिए।

सन् २०१८ मा भने डच क्लब पीएसभी आइन्डहोभनमा लोनमा पुगेका उनलाई पीएसभीले ५ दशमलव ३ मिलियन पाउन्डको खरिद मूल्यसमेत तिर्न मानेको थिएन। एन्जेलिनोले सिटीका लागि १२ खेल खेलेका छन्। लिपजिगले सिटीलाई २७ मिलियन पाउन्डमा एन्जोलिनो राख्ने प्रस्ताव गरे पनि सिटीले उक्त प्रस्तावलाई मानेको छैन।

सिटीले बार्सिलोनालाई एन्जोलिनो ३५ देखि ४० मिलियनसम्ममा बेच्ने अनुमान गरिएको छ।च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँगको ८–२ गोलअन्तरको लज्जास्पद हार व्यहोरेपछि प्रशिक्षक किके सेटियनलाई बर्खास्त गरिएको थियो। उनको स्थानमा आएका नयाँ प्रशिक्षक रोनाल्ड कोमनले बार्सिलोनालाई पुनः आकार दिन खोजिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्