सिटी इपीएलको मूल्यवान् टिम



लन्डन, एजेन्सी ।
इंग्लिस प्रिमियर लिगफुटबलमा म्यानचेस्टर सिटी सर्वाधिक मूल्यवान् टिम बनेको छ।
प्रिमियर लिग क्लब सिटीको मूल्य झन्डै एक बिलियन पाउन्ड पुगेको बताइएको छ। ट्रान्सफर मार्केट भ्यालुअनुसार सिटीको मूल्य ९ सय ५८ मिलियन पाउन्ड देखिएको इंग्लिस सञ्चारमाध्यमले जनाएको छ। जसअनुसार सिटी स्पेनिस महारथी क्लब बार्सिलोना तथा गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुलभन्दा अघि देखिएको छ।
विश्वका शीर्ष १० क्लबमध्ये ५ क्लब प्रिमियर लिगमा खेल्नेछन्। सिटी र लिभरपुलबाहेक चेल्सी ७ सय २७ मिलियन पाउन्डसहित छैठौं स्थानमा रहन सफल भएको छ। त्यस्तै, म्यानचेस्टर युनाइटेड ६ सय ८५ मिलियन पाउन्डसहित नवौं स्थानमा रहेको छ। अर्को क्लब टोटेनह्याम ६ सय ३७ मिलियन पाउन्डसहित दसौं स्थानमा छ।
पेप ग्वार्डीओलाको टिमले सन् २०१९÷२० को प्रिमियर लिगको उपाधि जोगाउन भने सकेन। लिभरपुलभन्दा १८ अंकले पछि रहँदै सिटीले लिगको अन्त्य गरेको थियो।च्याम्पियन्स लिगमा समेत फ्रेन्च क्लब लियोनसँग ३–१ ले पराजित हुँदै क्वार्टरफाईनलबाटै बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्