टी–२० क्रिकेटमा रासिदको कीर्तिमान



Generated by IJG JPEG Library

नयाँदिल्ली, (एजेन्सी)
अफगानिस्तानका युवा लेग स्पिनर रासिद खानले टी–२० क्रिकेटमा सबैभन्दा छोटो र कम उमेरमा ३ सय विकेट हात पार्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन्।

वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोउक्सविरूद्ध विकेट हात पार्दै रासिदले टी–२० क्रिकेटमा उक्त कीर्तिमान बनाएका हुन्। बार्बाडोस ट्रिडेन्ट्सबाट खेलिरहेका २१ वर्षे रासिदले सेन्ट लुसियाविरुद्ध दुई विकेट लिएका थिए।

योसँगै उनले टी–२० क्रिकेटमा आफ्नो ३ सय विकेट पनि पूरा गरेका छन्। रासिदले दुई विकेट हात पारेर कीर्तिमान बनाए पनि उक्त खेलमा उनको टिम ७ विकेटले पराजित भएको थियो। रासिदले विश्वभरका थुप्रै टी–२० प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्।

उनले छोटो समयमा आफूलाई विश्वको उत्कृष्ट बलरको रूपमा स्थापित गराएका छन्। रासिदले सन् २०१५ मा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। रासिद टी–२० को बलिङ वरीयताको शीर्ष स्थानमा समेत रहेका छन्।

सीपीएलमा रासिदले दुई खेलमा १२ दशमलव ७५ को औसतमा ४ विकेट हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्