सन्दिपको टिम पराजित



जमैका । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछाने आवद्ध टिम जमैका तलावाज दोस्रो खेलमा पराजित भएको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा जमैकालाई ट्रिनबागो नाइट राइडर्सले ७ विकेटले पराजित गरेको हो।

जमैकाले दिएको एक सय ३६ रनको लक्ष्य ट्रिनिबागो नाइट राइडर्सले ११ बल अघि नै तीन विकेट गुमाएर भेट्टाएको थियो ।

नाइट राइडर्सका लागि सुनिल नारिनले सर्वाधिक ५३ रन बनाए। सन्दीपले चार ओभरमा ३० रन दिएर सुनिल नारनको विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्