सर्वाधिक कमाउने सूचीमा ९ खेलाडी टेनिसकै



न्युयोर्क, (एजेन्सी)
विश्वका महिला खेलाडीले अघिल्ला वर्षमा कमाएको आधारमा सार्वजनिक गरिएको सूचीमा ९ जना टेनिस खेलाडी रहेका छन्।

अमेरिकाको बिजनेस म्याग्जिन फोब्र्सका अनुसार शीर्ष १० मा ती ९ खेलाडी नै परेका हुन्। शीर्षस्थानदेखि नवौं स्थानसम्म टेनिसका खेलाडी र १०औं स्थानमा भने फुटबल खेलाडी रहेका छन्। जुन २०१९ र जुन २०२० बीच फोब्र्सले गरेको अनुसन्धानअनुसार जापानकी नाओमी ओसाका शीर्ष स्थानमा रहेकी छन्।

ओसाकाले ३७ दशमलव ४ मिलियन डलर कमाएर विश्वकी सर्वाधिक धनी महिला खेलाडी बन्न सौभाग्य प्राप्त गरेकी छन्। दोस्रो स्थानमा अमेरिकी खेलाडी सेरेना विलियम्स छन्। उनले ३६ मिलियन डलर कमाएकी छन्।

सो सूचीमा महिला टेनिसकी विश्व एक नम्बर एस्लिग बार्टी तेस्रो स्थानमा छन्। उनले १३ दशमलव १ मिलियन डलर कमाएकी छन्। उनको र शीर्ष दुई खेलाडीबीचको रकम अन्तर निकै रहेको छ।

१०औं स्थानमा रहेकी अमेरिकी महिला फुटबलर एलेक्स मोर्गानले ४ दशमलव ६ मिलियन डलर आर्जन गरेकी छन्। मोर्गानले ४ दशमलव २ मिलियन डलर विज्ञापनबाट आम्दानी गरेकी हुन्। उनी जुलाई २०१९ मा सम्पन्न विश्वकप महिला फुटबल विजेता टिम अमेरिकाको प्रमुख खेलाडीसमेत हुन्। हाल उनले अमेरिकी पुरुष खेलाडीसरह महिला खेलाडीलाई पनि तलब पाउनुपर्ने आन्दोलनमा सहभागी जनाएकी थिइन्।

ओसाका र विलियम्सले सर्वाधिक आम्दानी गर्ने कीर्तिमानी पनि तोडेका छन्। महिला खेलाडीमा सबैभन्दा बढी कमाइ गर्ने कीर्तिमान रूसकी टेनिस स्टार खेलाडी मारिया सारापोभाले राखेकी थिइन्। उनले सन् २०१५ मा २९ दशमलव ७ मिलियन डलर कमाएको कीर्तिमान राखेकी छन्।

शीर्ष १० आम्दानी गर्ने महिला खेलाडीहरू
१. नाओमी ओसाका (जापान) ३७ दशमलव ४ मिलियन डलर
२. सेरेना विलियम्स (अमेरिका) ३६ मिलियन
३. एस्लिग बार्टी (अस्टे«लिया) १३ दशमलव १ मिलियन
४. सिमोना हालेप (रोमानिया) १० दशमलव ९ मिलियन
५. बियान्का एन्ड्रिस्कु (स्विट्जरल्यान्ड) ८ दशमलव ९ मिलियन
६. गार्बिन मुगुरुजा (स्पेन) ६ दशमलव ६ मिलियन
७. एलिना स्वीटोलिना (युक्रेन) ६ दशमलव ४ मिलियन
८. सोफिया केनिन (अमेरिका) ५ दशमलव ८ मिलियन
९. एन्जेलिक केर्बेर (जर्मनी) ५ दशमलव ३ मिलियन
१०. एलेक्स मोर्गान (अमेरिका) ४ दशमलव ६ मिलियन

प्रतिक्रिया दिनुहोस्