ड्रिम इलेभेन आइपीएलको नयाँ प्रायोजक



नयाँदिल्ली, (एजेन्सी)
ड्रिम इलेभेनले इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनको मुख्य प्रायोजन गर्ने भएको छ। फेन्टासी स्पोर्ट्स कम्पनी ड्रिम इलेभेनले मुख्य प्रायोजकबापत २ सय २२ करोड भारतीय रुपियाँ प्रायोजन गर्ने भएको छ। लिडिङ फेन्टासी स्पोर्ट्स प्लेटफर्म ड्रिम इलेभेनले अन्य प्रस्तिस्पर्धी अनएकेडमी र बायजुलाई पछि पार्दै आईपीएलको प्रायोजन अधिकार पाएको छ।

आइपीएलको गर्भनिङ काउन्सिलका प्रमुख बृजेस पटेलले यो सम्झौता अगस्ट १८ बाट डिसेम्बर ३१ सम्मका लागि रहेको बताएका छन्। भारत र चीनबीचको सीमा विवादका कारण चिनियाँ उत्पादनको प्रयोगमा विरोध भएपछि बीसीसीआईले भिभो कम्पनीसँग सम्झौता रद्द गरेको थियो।

जसका कारण आइपीएलले नयाँ मुख्य प्रायोजक खोजिरहेको थियो। त्यसका लागि विभिन्न पाँच कम्पनीले ईच्छा देखाएर आवदेन दिएका थिए।

तर, अन्तिममा ड्रिम इलेभेनलले आइपीएलको मुख्य प्रायोजक बन्ने मौका पाएको छ। अब आइपीएलको अगाडि ड्रिम इलेभेनलको नाम राखिनेछ। यसपटक सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म यूएईमा आइपीएल हुनेछ।

प्रतिक्रिया दिनुहोस्