समर युनिभर्सियाडको काउन्ट डाउन शुरू



काठमाडौं, (नेस)
समर युनिभर्सियाड गेम्सको ३१औं संस्करण शुरू हुन १ वर्ष बाँकी छँदै मंगलबारदेखि काउन्ट डाउन शुरू भएको छ। यस अवसरमा नेपालमा पनि विश्वविद्यालय खेलकुद संघ नेपालले कार्यक्रम आयोजना गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्तरूपमा कार्यक्रमको शुरूआत गरेका हुन्। विगतमा वल्र्ड युनिभर्सिटी समर गेम्स (फिसु) ले मात्र खेल शुरू हुन १ वर्ष बाँकी रहँदा कार्यक्रम गर्ने प्रचलन रहेकामा यस वर्षदेखि १ सय ७७ सदस्य राष्ट्रलाई कार्यक्रम आयोजना गर्न फिसुले पत्राचार गरेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पँर्णसिं बोहराले जानकारी दिनुभयो। फिसुको मुख्यालय स्विट्जरल्यान्डको लुजानमा रहेको छ।
गेम्स चीनको छेङदुमा अगस्ट १८ देखि २९ तारिखसम्म हुने कार्यक्रम छ। दुई वर्षको अन्तरालमा हुने गेम्सको गत संस्करणमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको थियो। गत संस्करण इटालीको नापोलीमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्