रोनाल्ड कोएमान बार्सिलोनाका नयाँ प्रशिक्षक



एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्नो नयाँ प्रशिक्षकमा नेदरयान्ड्सका रोनाल्ड कोएमानलाई नियुक्त गरेका छन् ।

बार्सिलोनाले प्रशिक्षक क्विके सेटिएनलाई पदबाट हटाएपछि कोएमानलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । ५७ वर्षीय कोएमानले सन् २०१८ देखि नेदरल्यान्ड्सको राष्ट्रिय टोली सम्हालिरहेका छन् ।

५७ वर्षीय कोएमान बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । उनले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाट खेलेका थिए । सो दौरान उनले कुल ३ सय ५० खेल खेल्दै १ सय ६ गोल गरेका थिए । कोएमान आफ्नो समयमा बार्सिलोनाका स्टार खेलाडी थिए ।

दुई दिनअघि च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा जर्मन क्लब बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि बार्सिलोनाले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेको ७ महिनामै पूर्व प्रशिक्षक सेटिएनलाई बर्खास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्