खेलाडी तथा पदाधिकारीलाई आर्थिक सहयोग



पोखरा, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कास्की जिल्ला फुटबल संघसँग आबद्ध रहेका ५० जनालाई आर्थिक सहयोग गरेको छ।
कोरोनाको विषम परिस्थितिमा समेत संघले आफ्ना खेलाडीलाई सम्झनु नै सराहनीय कार्य भएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताएका छन्। एन्फाको आर्थिक सहयोग र लायन्स क्लब अफ पोखरा पोखराको आर्थिक सहयोगमा एक व्यक्तिलाई दुई हजार ५ सयका दरले सहयोग गरिएको थियो। राहत प्राप्त गर्नेमा ५ जना महिला खेलाडी, ७ जना अफिसियल र ३५ जना पुरुष खेलाडी तथा ३ जना पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा कार्यरत कर्मचारी हुन्।

प्रतिक्रिया दिनुहोस्