दोगडा स्टारलाई उपाधि



बैतडी, (नेस)
बैतडीको दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँमा सम्पन्न सुशोेतम क्रिकेट प्रतियोगिताको उपाधि दोगडा स्टारले हात पारेको छ।
पञ्ज्युनयाँ खेलमैदानमा भएको उपाधि भिडन्तमा कैलपाल क्रिकेट क्लबलाई ६ रनले हराउँदै दोगडाले उपाधि हात पारेको छ। उपाधिसँगै दोगडा स्टारले ५५ हजार हात पा¥यो भने कैलपालले २१ हजारमा चित्त बुझाएको छ। टस जितेर ब्याटिङ गरेको दोगडाले दीपक बोहराको ५६ रनको सहयोगमा १ सय २८ रन बनाएको थियो। कैलपालका लागि प्रदीप चन्द र विक्रम चन्दले २÷२ विकेट लिएका थिए।
जवाफमा कैलपाल १ सय २२ रनमा समेटियो। टोलीका लागि प्रदीप चन्दले २० र राजु भाटले १७ रनको साझेदारी गरेका थिए। दोगडाका लागि वीरेन्द्र नाथ र दिनेश विष्टले ३÷३ विकेट लिए। प्रतियोगिताका प्लेयर अफ दी फाइनल दोगडाका दीपक बोहरा घोषित भए। यस्तै, दोगडाका सन्तोष चन्द बेस्ट बलर र दीपक बोहरा बेस्ट ब्याट्सम्यान घोषित भए। त्यसैगरी, चम्तडी स्टारका ऋषिकेश बोहरा म्यान अफ दी सिरिज भए।

प्रतिक्रिया दिनुहोस्