सेरेना २४औं ग्रान्डस्लाम जित्ने अभियानमा



न्युयोर्क, (एजेन्सी)
पँर्वविश्व नम्बर एक महिला खेलाडी सेरेना विलियम्स हाल २४औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा छिन्। मार्गारेट कोर्टको २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्न विलियम्सले धेरैपटक प्रयास पनि गरिन्। तर, उनी सफल भएकी थिइनन्। विम्बल्डन, अस्टे«लियन र युएस ओपनको फाइनलमा पुगे पनि युवा खेलाडीहरूसँग उनी पराजित भएकी थिइन्।
हालसम्म महिला र पुरुष गरी विश्व टेनिसमा सर्वाधिक ग्रान्डस्लाम जित्ने सँचीमा अस्टे«लियाकी पँर्वमहिला खेलाडी मार्गारेट कोर्ट पहिलो स्थानमा छिन्। जबकि, रोजर फेडेररले २० ग्रान्डस्लाम जितेका छन्, जुन संख्या पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधिको कीर्तिमान हो। तर, राफेल नाडाल भने एक उपाधिले उनी पछि छन्।
कोरोना भाइरसका कारण यस वर्ष अस्टे«लियन ओपन मात्रै आयोजना भएको छ। यसपछि हुनुपर्ने पे्रmन्च ओपन र विम्बल्डन रद्द गरिएको छ भने वर्षको अन्तिम ग्रान्डस्लाम यँएस ओपन शुरू गर्ने तरखरमा छ। यद्यपि, न्युयोर्कमा हुने सो ग्रान्डस्लामबाट धेरै चर्चित खेलाडीहरूले नाम पनि फिर्ता लिइरहेका छन्। कोरोनाको कहरमा प्रतियोगिता रद्दै गर्नुपर्ने भनिरहेका खेलाडीहरू पनि खेल्न तयार भएका छन्। यसमध्ये सेरेना एक हुन्।
सेरेना यो मौका गुमाउन चाहँदिनन् किनभने धेरै खेलाडीहरू नहुँदा प्रतिस्पर्धा कम हुने र उनलाई २४औं ग्रान्डस्लाम जित्ने अवसर हुनेछ। मंगलबार मात्रै पनि ६ महिनापछि टेनिस प्रतियोगितामा उनले सहभागिता जनाइन्। उनले पछिल्लोपटक फेड कपअन्तर्गत लात्भियाविरुद्ध फेबु्रअरीमा खेलेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्