सेभिया सेमिफाइनलमा प्रवेश



एजेन्सी । इङलिस क्लब वुल्भरह्याम्प्टन वोन्डरर्सलाई १-० गोलले पराजित गर्दै स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलमा सेभियालाई जित दिलाउन लुकास ओक्यामपोसले निर्णायक गोल गरेका थिए ।

उनले खेलको ८८अौं मिनेटमा एभर बनेगाको फ्रि-किक पासमा उत्कृष्ट हेडिङमा गरेको गोल नै खेलको निर्णायक साबित बन्यो । खेलभर दवाबमा रहेको वुल्भ्सले खेलको १३अौं मिनेटमा पेनाल्टी प्राप्त गरेको थियो । तर वुल्भ्सका फर्वाड राउल हिमिनेजले प्रहार गरेको उक्त पेनाल्टी सेभियाका गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गरे ।

यस जितसँगै सेभियाले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा अर्को इङलिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । सेभिया र युनाइटेडबीचको सेमिफाइनल खेल १७ अगस्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्