पिर्लो सस्तैमा अनुबन्ध भएको खुलासा



मिलान, (एजेन्सी)
एन्ड्रिया पिर्लोलाई इटाली लिग विजेता युभेन्ट्सका मेनेजरको रूपमा नियुक्त भएपछि सस्तोमा अनुबन्ध गरेको खुलासा भएको छ।
इटालीको अखबारका अनुसार युभेन्ट्सका प्रमुख एन्ड्रिया एग्नेलीले आर्थिक कमजोरीका कारण पहिलो छनोटमा परेका मेनेजरहरूलाई टोलीमा ल्याउन सकेका थिएनन्। क्लबको पहिलो छनोटमा परेका मेनेजरमा माउरिसियो पोकेटिनो र जिनेदिन जिदान रहेका छन्।
टोटेनहामका पँर्वमेनेजर पोकेटिनोले वार्षिक ८ मिलियन पाउन्ड चाहेका थिए। उनी यति रकम पाएमा टुरिनमा आउन सक्ने थिए। जबकि, रियल मेड्रिडका प्रमुख प्रशिक्षक जिदानले करिब १० दशमलव ८ मिलियन पाउन्ड माग गरेका थिए। आर्थिक स्थिति कमजोरी भएका कारण युभेन्ट्सले माउरिजियो सारीलाई बर्खास्त गरेको स्रोतले जनाएको थियो। उनले २१ मिलियन पाउन्ड लिएका थिए।
अखबारका अनुसार पिर्लोलाई नियुक्त गर्नमा वरिष्ठ खेलाडीहरू जिओर्जिओ चेलिनी, क्रिस्टियानो रोनाल्डो र गियानलुइगी बुफोनले बोर्डलाई समर्थन गरेका थिए। ४१ वर्षीय पिर्लोले युभेन्ट्सको कालो र सेतो धर्के जर्सी लगाएर १ सयभन्दा बढी खेल खेलेका थिए। सारीलाई एक सिजनपछि नै बर्खास्त गरिएको हो। क्लब च्याम्पियन्स लिगबाट छिटै बाहिरिएपछि सारीलाई बर्खास्त गरिएको भन्ने चर्चा चलेको थियो।

प्रतिक्रिया दिनुहोस्