बार्सिलोनाले बायर्नको सामना गर्ने



एजेन्सी ।

नापोलीलाई प्रि-क्वार्टफाइनलको दोस्रो लेगमा ३-१ ले र समग्रमा ४-२ गोलअन्तरले हराउदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।

बार्सिलोनाका लागि पहिलो गोल क्लेमेन्ट लिङ्लेटले दशौ मिनेटमा गरेका थिए । दोस्रो गोल २३ औँ मिनेटमा लियोनल मेसीले गरे । उनले तीन डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए । लुइस स्वारेजले तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीमार्फत् गरे । नापोलीलाई दवाब दिएको बर्सिलोनाले पहिलो हाफको अतिरिक्त समयमा गोल बेहोर्न पुग्यो । नापोलीका लागि लोरेन्जो इन्सिगनेले पेनाल्टी मार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा कुनै पनि गोल नभएको खेलमा बार्सिलोनाले जित हात पर्दै अन्तिम आठ को यात्रा तय गर्‍यो । जितसँगै जर्मन महारथी बायर्न म्युनिखसँग को रोचक भिडन्त तय गरेको छ । बायर्नले शनिबारको नै भएको अर्को खेलमा चेल्सीलाई ४-१ ले पराजित गर्‍यो ।

स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीविरुद्ध तीन गोल गर्दै बायर्नले समग्रमा ७-१ को जित हात पारेको हो । बायर्नका लागि पहिलो गोल दशौ मिनेटमा पेनाल्टी मार्फत् रोबर्ट लेवान्डस्कीले गरेका थिए । दोस्रो गोल इभान पेर्सिकले २४ औ मिनेटमा लेवान्डस्कीकै पासमा गरे । त्यस्तै, ७६ औँ मिनेटमा बायर्नका लागि तेस्रो गोल कोर्टेन टोलेसोले गरे ।

व्यक्तिगत दोस्रो र क्लबका लागि चौथो गोल लेवान्डोस्कीले ८३ औँ मिनेटमा गरेका थिए । चेल्सीको लागि एक मात्र गोल भने पहिलो हाफको अतिरिक्त समयमा ट्यामी अब्राहमले गरे ।
अब क्वाटरफाइनलका सबै खेलहरु पोचुगलको लिस्बनमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्