नेत्रहीन महिला खेलाडीहरू पुरस्कृत



नेपाल समाचारपत्र, काठमाडौं
नेत्रहीन क्रिकेटको विकासमा महŒवपूर्ण योगदान पु¥याएका तीन नेत्रहीन महिला खेलाडी पुरस्कृत भएका छन्।
नेत्रहीन क्रिकेट संघको १५औं वार्षिक उत्सवको अवसरमा संघले मनकेसी चौधरी, आशा रेग्मी र भगवती बराललाई उनीहरूले गरेको योगदानलाई कदर गर्दै पुरस्कृत गरेको हो।

बी ३ समूहबाट राष्ट्रिय कप्तान भगवती, बी २ समूहबाट मनकेसी र बी १ समूहबाट आशा पुरस्कृत भएका हुन्। पुरस्कृत खेलाडीहरूले ५ हजार नगदसहित कदरपत्र तथा मायाको चिनो प्राप्त गरेका छन्।

भगवती विगत १४ वर्षदेखि नेत्रहीन क्रिकेटमा संलग्न छिन्। सन् २०१४ मा बेलायतविरुद्धको सिरिजमा र सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा कप्तानको भूमिका समेत निर्वाह गरी दुईवटै सिरिजमा नेपाललाई जित दिलाउन सफल भइन्।

मनकेसीले आफ्नो उत्कृष्ट ब्याटिङ क्षमताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन्। उनले बेलायतविरुद्धको सिरिजमा र सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ द सिरिजसमेत घोषित भइन्।

त्यसैगरी, आशाले पनि आफ्नो १४ वर्ष नेत्रहीन क्रकेटमा योगदान दिएकी छन्। उनी २०१९ मा सम्पन्न पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ द सिरिजसमेत घोषित भइन्। नेत्रहीन क्रिकेट संघ नेपालले प्रत्येक वर्ष साउन २२ गते आफ्नो स्थापना दिवस मनाउने गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्