जेनोआ सुरक्षित हुँदा लिचे रेलिगेसनमा



मिलान, (एजेन्सी) ।

इटाली ‘सिरी ए’ अन्तर्गत अन्तिम चरणका खेलमा जित हात पार्दै जेनोआ रेलिगेसनबाट सुरक्षित हुँदा लिचे भने सिरी ए बाट रेलिगेसनमा परेको छ।

आइतबार भएको खेलमा लिचेले पार्मासँग ४–३ को हार व्यहोरेको थियो। अर्को खेलमा जेनोआले भेरोनामाथि ३–० को जित हात पारेको थियो। अन्तिम चरणका खेल अगाडि लिचे र जेनोआबीच १ अंकको फरक थियो। दुवै टोलीका लागि जित नै आवश्यक थियो। तर, यसमा जेनोआले बाजी मार्‍यो भने लिचेले हारसँगै निराश हुँदै सिरी बी मा घटुवा हुन बाध्य भएको थियो।

पार्मा र जेनोआबीचको खेल निकै तनावका बीच सम्पन्न भएको थियो भने खेलमा तीनवटा रातो कार्ड देखाइएको थियो। जेनोआका क्रिस्टियन रोमेरो र फ्रान्सेस्को कासाटा तथा भेरोनाका सोफ्यान अमराबाटले रातो कार्ड व्यहोरेका थिए। दोस्रो गोल गरेपछि रोमेरोले रातो कार्ड आत्मसात् गरेका थिए।

यसअघिको खेलमा पार्माले २५ मिनेटमा २–० को अग्रता लिएको थियो। तर, लिचेले खेलको लयमा फर्कंदै २–२ को बराबरी गरेको थियो। त्यसपछि अर्को २ गोल थपेर पार्माले लिचेलाई ठूलो दबाबमा राखेको थियो। यद्यपि, एक गोल फर्काए पनि त्यो सान्त्वना साबित भयो र लिचे ४–३ ले हार्दै सिरी ए बाट बिदा भएको हो। रेलिगेसन पर्ने अन्य दुई टोलीमा बे्रस्किया र स्पाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्