काठमाडौं, (नेस) ।
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभई खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन्।
उनकै सम्मानमा नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले यस्तो धारणा राखेका हुन्। श्रेष्ठलाई नेपाल ब्याडमिन्टन संघले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो। साउन १५ गते खेलकुद मन्त्रालयले श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा मनोनयन गरेको थियो। श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्। श्रेष्ठले चार वर्षे कार्यकालमा खेलकुद र खेलाडीको हितमा उदाहरणीय काम गर्ने बताउ“दै नेपाल ब्याडमिन्टन संघले आफूलाई सिफारिस गरेकोमा गर्व महसुस गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।












प्रतिक्रिया