अनलाइन स्विमिङ कोर्स सम्पन्न



काठमाडांै, (नेस)
वल्र्ड कोचेज एकेडेमीको सहयोगमा नेपाल ट्रायथलन संघले आयोजना गरेको दुई दिने अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स आइतबार सम्पन्न भएको छ ।
कोर्समा ट्रायथलन र पौडीस“ग सम्बन्धित २५ प्रशिक्षकहरूले सहभागिता जनाएका हुन्। प्रशिक्षार्थीहरूलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गरेका हुन् । कोभिड–१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा प्रशिक्षकहरूलाई पौडीसम्बन्धी ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर वृद्धि गर्न संघले निकै नै महŒवपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले बताए।
प्रशिक्षक युजिन लिले पौडी प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गरेका थिए। प्रशिक्षकहरूले प्राप्त गरेका यस प्रकारको ज्ञानले नया“ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरूको स्तर वृद्धि गर्नसमेत ठूलो सहयोग पुग्ने संघको विश्वास रहेको छ।
प्रशिक्षणको अन्तिम दिन समापनमा कार्यक्रमलाई सफल पार्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक युजिन ली र प्रशिक्षार्थी प्रशिक्षकहरूलाई धन्यवाद दिए। उनले यस कार्यक्रमलाई सञ्चालन गर्न विशेष सहयोग गरेका संघका महासचिव युवराज सुनुवारलाई पनि विशेष धन्यवाद प्रदान गरे। प्रशिक्षार्थीहरूले प्राप्त गरेको ज्ञानले आगामी दिनमा खेलाडीहरूको स्तर वृद्धि गर्न निकै मद्दत पुग्ने र आगामी दिनमा नया“ खेलाडीहरू उत्पादन गर्न मद्दत पुग्ने बताए। वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।
ट्रायथलनको नेतृत्व गरेका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले छोटो समयमै नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरका खेलमा पदक जितेको बताएका थिए। श्रेष्ठले भने– ‘हाम्रो हातमा आएको छोटो समयमा नै यस खेलले विभिन्न अन्तर्राष्ट्रियस्तरका खेलमा पदक हात पार्नुका साथै दक्षिण एसियाली खेलकुदमा पहिलोपटकको सहभागितामा नै रजत र कांस्य पदक प्राप्त गर्न सफल भयौं।’
गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा ट्रायथलनमा नेपालले २ स्वर्ण, ३ रजत र १ कांस्य जितेको थियो। उनले भने– ‘नेपाल सुहा“उदो यस खेललाई नेपालमा आकर्षित गर्दै खेलकुद पर्यटनको रूपमा विकास गर्ने र नेपालमा नै दक्षिण एसियाको ट्रायथलन एकेडेमी निर्माण गर्ने उद्देश्य संघको रहेको छ।’
यस्तै, ट्रायथलन तथा पौडीका प्रमुख प्रशिक्षकसमेत रहेका युवराज सुनुवारले छोटो समयमा यस कोर्सले निकै ठूलो सहयोग पु¥याएको बताए। उनले भने– ‘अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हात पार्दै राष्ट्रको नाम उच्च राख्न सफल यस खेललाई अझ मजबुद बनाउ“दै कोरोनाका कारण खेल गतिविधिबाट टाढा रहेको प्रशिक्षकहरूको स्तर वृद्धि गर्न यस कोर्सले निकै ठूलो मद्दत पुगेको छ।
कोर्सबाट पौडीसम्बन्धी नया“ ज्ञान प्राप्त भएको र लामो दूरीको पौडी प्रशिक्षणले आगामी दिनमा पौडी खेलाडीहरूको स्तर वृद्धि गर्न मद्दत पुग्ने र नया“ खेलाडीहरू उत्पादनमा निकै नै ठूलो कोसे ढुंगा सावित हुने प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्