नेपाली समाजको चित्रलाई उधिन्ने कोसिस



नेपाल समाचारपत्र, काठमाडौं ।
साहित्यकार उपप्राध्यापक तेजविलास अधिकारीले लेखेको हाइकु संग्रह ‘उच्छलन’ प्रकाशित भएको छ। नेपाली समाजभित्र रहेका विकृति, विसंगति, बेथिति, भ्रष्टाचारलगायत समसामयिक राजनीति, समाज, प्रकृति, राष्टझप्रेम तथा सीमान्तकृत समुदायको भावना समेटिएका हाइकु संग्रहमा संग्रहित छन्।

संग्रहमा रहेका अधिकांश हाइकुले मानव, समाज, प्रकति, राजनीतिलगायतका पाटालाई कलात्मकरुपमा चित्रण गरेको पाइन्छ। तार्किक र मननयोग्य तरिकाले लेखिएका हाइकुले नेपाली समाजको गति र दिशालाई समेत उधिनेको पाइन्छ।

अधिकारीका हाइकुका बारेमा डा. मधुसूदन गिरी लेख्नुहुन्छ- ‘यहाँ आफ्ना र आफूहरुका पक्षका आवाजहरु छन्। उन्मत्त दुर्योधन प्रवृत्तिप्रतिका झटाराहरु छन्, काली बन्ने घाँटीमा नरमुण्ड माला जिब्रोमा रगत लत्पतिएकी सेतीहरुका यथार्थ छन्।’ डा. हरि सिलवालले संग्रहमा मानवतावादी विचारको खोजी, शुद्ध समाजवादी विचारको रोजाइ र भएगरेका यथार्थताको समसामयिक सामाजिक भोगाइको मिश्रणत्रयका रुपमा बोध गर्नु उचित हुने तर्क गर्नुभएको छ।

राजनीतिक नेतृत्वको स्वैच्छाचारी प्रवृत्ति, सत्ता र विलासिताको अपार मोह, मौलाउँदो व्यक्तिवादी चरित्र र नातावाद कृपावादमाथि कार्यकर्ताको चाप्लुसी प्रवृत्तिमाथि रोष प्रकट गरिएको टेकनाथ पाण्डेयले उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्