कोहली सर्वाधिक फ्लोअर्स भएका भारतीय



नयाँदिल्ली, (एजेन्सी)
भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहली चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फ्लोअर्स भएका भारतीय बनेका छन्।
कोहलीको ७ करोड फ्लोअर्स रहेको जनाइएको छ। कोहली इन्स्टग्राममा सर्वाधिक फ्लोअर्स भएका शीर्ष १० भारतीय हस्तीमध्ये एक मात्र खेलाडी हुन्। लकडाउन अवधिमा समाजिक सञ्जालमार्फत विश्वभर आम्दानी गर्ने खेलाडीमध्ये कोहली छैठौं स्थानमा रहेका थिए।
उक्त सूचीको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डोले कब्जा गरेका थिए। ३१ वर्षीय कोहलीले हालसालै इन्स्टाग्राममा १ हजार पोस्ट पूरा गरेका छन्। ७ करोड फ्लोअर्स रहेका कोहलीले जम्मा १ सय ७१ जनालाई मात्र फ्लो गर्ने गर्छन्।
विराट कोहली दिग्गज फुटबलर क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेमारपछि इन्स्टाग्राममा सर्वाधिक फ्लो हुने खेलाडी हुन्। उनले उक्त सूचीको चौथो स्थानमा रहने क्रममा बास्केटबलका चर्चित खेलाडी लेब्रोन जेम्स (६ दशमलव ९० करोड फ्लोअर्स) लाई समेत उछिनेका छन्।
इटालियन ‘सिरी ए’ फुटबल क्लब युभेन्ट्सका स्ट्राइकर रोनाल्डोको इन्स्टाग्राममा २३ दशमलव २ करोड फ्लोअर्स छन्। त्यस्तै, दोस्रो स्थानमा रहेको मेसीको १६ दशमलव १ करोड फ्लोअर्स छन् भने ब्राजिलियन फुटबलर नेमारलाई १४ करोड मान्छेले इन्स्टाग्राममा फ्लो गर्छन् ।
कोहलीपछि इन्स्टाग्राममा सर्वाधिक फ्लो गरिने भारतीयमा प्रियंका चोपडा पर्छिन्। उनलाई ५ दशमलव ५ करोड मान्छेले फ्लो गर्छन्।
इन्स्टाग्राममा सर्वाधिक फ्लोअर्स भएका शीर्ष–१० भारतीय
१. विराट कोहली, ७ करोड
२. प्रियंका चोपडा, ५ दशमलव ५० करोड
३. श्रद्धा कपुर, ५ दशमलव १४ करोड
४. दीपिका पादुकोण, ५ दशमलव १० करोड
५. आलिया भट्ट, ४ दशमलव ८० करोड
६. नरेन्द्र मोदी, ४ दशमलव ५९ करोड
७. ज्याकलिन फर्नान्डिस, ४ दशमलव ३० करोड
८. अक्षयकुमार, ४ दशमलव २९ करोड
९. नेहा कक्कड, ४ दशमलव २४ करोड
१०. क्याटरिना केफ, ४ दशमलव ११ करोड
 

प्रतिक्रिया दिनुहोस्