रियल मेड्रिड वर्षकै सर्वाधिक मूल्यवान् क्लब



लन्डन, (एजेन्सी)
ब्रान्ड फाइनान्स फुटबल स्टडीले जारी गरेको वर्षको सर्वाधिक मूल्यवान् फुटबल क्लबको सूचीमा यस वर्ष स्पेनिस क्लब रियल मेड्रिडले शीर्ष स्थान ओगटेको छ।
योस“गै रियल वर्ष २०२० को विश्वकै सर्वाधिक मूल्यवान् क्लब बनेको छ। विश्व फुटबलको आर्थिक गतिविधिमाथि अध्ययन गर्ने संस्था ब्रान्ड फाइनान्स फुटबल स्टडीका अनुसार रियल मेड्रिडले वर्ष २०२० कै सर्वाधिक मूल्यवान् क्लब सूचीको शीर्ष स्थान ओगटेको रिपोर्ट सार्वजनिक गरेको हो। कोरोना भाइरस महामारीबीच अधिकांश क्लबहरूको मूल्यमा भारी गिरावट आएको वर्तमान परिस्थितिमा रियल मेड्रिड सबैभन्दा मूल्यवान् क्लब बनेको छ। वार्षिकरूपमा जारी गर्ने उक्त रिपोर्टअनुसार रियलको हालको बजार मूल्य कुल १ दशमलव ४१९ बिलियन युरो रहेको जनाएको छ। यो मूल्य विगतको भन्दा १३ दशमलव ८ प्रतिशतले गिरावट आएको हो।
रियलपछि दोस्रो स्थानमा स्पेनकै क्याटालान क्लब बार्सिलोना रहेको छ। बार्सिलोनाको यस वर्षको मूल्य १ दशमलव ४१३ बिलियन युरो रहेको छ। विगतको आंकडाभन्दा यो वर्ष बार्सिलोनाको मूल्यमा १ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, १ दशमलव ३१४ बिलियन युरो मूल्यसहित इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा छ। यसपटक युनाइटेडको मूल्यमा १० दशमलव ७ प्रतिशतले गिरावट आएको छ। त्यसैगरी, चौथो स्थानमा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुल रहेको छ। यसपटक गत आंकडाभन्दा ६ प्रतिशतले वृद्धि भएको लिभरपुलको मूल्य १ दशमलव २६२ बिलियन युरो रहेको छ। त्यस्तै, पा“चौं स्थानमा प्रिमियर लिगकै म्यानचेस्टर सिटी छ। सिटीको यस वर्षको मूल्य १ दशमलव १२४ बिलियन रहेको छ। यस सूचीमा अटाएका शीर्ष १० क्लबहरूमध्ये ६ वटा इंग्लिस प्रिमियर लिगकै क्लबहरू परेका छन्। शीर्ष ५ भित्र परेका म्यानचेस्टर युनाइटेड, लिभरपुल र म्यानचेस्टर युनाइटेडसहित चेल्सी, टोटनह्याम हट्सपर र आर्सेनलले पनि शीर्ष १० भित्र रहेका छन्। ९ सय ४९ मिलियन युरो रहेको चेल्सी आठौं स्थान, ७ सय ८४ मिलियन युरो मूल्य रहेको टोटनह्याम नवौं तथा ७ सय १९ मिलियन युरोसहित आर्सेनल १०औं स्थानमा सूचीकृत छन्।
त्यसैगरी, छैठौं स्थानमा जर्मन बुन्देसलिगा च्याम्पियन बायर्न म्युनिख छ। बायर्नको मूल्य १ दशमलव ०५६ बिलियन युरो छ। यो आकंडा पहिलेको भन्दा १९ दशमलव ६ प्रतिशतले कम हो। त्यस्तै, सातौं स्थानमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को ९ सय ६७ मिलियन युरो रहेको छ। यसपटक पीएसजीक मूल्यमा ५ दशमलव ८ प्रतिशतले बढेको छ।
रियल मेड्रिडलाई छोड्ने हो भने अन्य सात स्पेनिस ला लिगा क्लबहरूको मूल्यमा भने वृद्धि भएको छ। सूची वरीयताअनुसार दोस्रो स्थानको बार्सिलोनासहित १३औं स्थानको एट्लेटिको मेड्रिड, ३२औं स्थानको सेभिया, ३६औं स्थानको भ्यालेन्सिया, ४४औं स्थानको भिया रियल र ५०औं स्थानको रियल बेटिसको मूल्यमा वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्